नेपालमा थप ८५२ जनामा कोरोना पुष्टि, ५ हजार ४६२ सक्रिय संक्रमित

भाद्र १, काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ११ हजार ९९० जनाले ज्यान गुमाएका छन्।

बुधबार ३२८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ४६२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर ३ हजार ८७६ पीसीआर तथा २ हजार ५०७ एन्टिजेन परीक्षण भएको छ।

संम्बन्धित समचार

Leave a Reply