नेपालले एसियाली विकास बैंकबाट साढे २६ अर्ब रुपैयाँ ऋण लिने

आश्विन २८,काठमाडौँ । नेपालले एसियाली विकास बैंकबाट २० करोड अमेरिकी डलर ९साढे २६ अर्ब रुपैयाँ० ऋण लिने भएको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजना कार्यक्रमका लागि सो रकम बराबरको ऋण लिने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिएको छ ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुखको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिएको हो ।

संम्बन्धित समचार

Leave a Reply