भारतले थप एक बर्ष लम्ब्यायो चिनी निर्यातमाथिको प्रतिबन्ध, नेपालमा कस्तो असर पर्ला ?

कार्तिक १४, काठमाण्डौ । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध एक वर्ष लम्ब्याएको छ । भारत सरकारले ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ ।

चिनी निर्यातमा रोक लगाउने निर्णयले नेपाल लगायतका मुलुकमा चिनी अभाव हुनेछ । भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो । भारत विश्वको सबै भन्दा ठूलो चिनी उत्पादक मुलुक हो ।

नेपालमा कस्तो असर पर्ला ?

यसरी भारतले नेपाललगायत देशका लागि चिनी निर्यातमा प्रतिवन्ध लगाउँदा यी देशहरुमा चिनीको मूल्यमा उत्तारचढाव हुने बताइएको छ । यसअघि गत जुन १ देखि भारतले लगाएको प्रतिवन्धका कारण भारतीय सिमा नाकाबाट अवैध रुपमा चिनी आयात हुनेगरेको विभिन्न अध्ययनमा देखिएको । भारतले चिनी निर्यातमा प्रतिवन्ध लगाएसँगै चकलेट, विस्कुट, मिठाइ उत्पादनमा केही असर पर्ने देखिन्छ ।

नेपालले चालु आर्थिक बर्षको २ महिना साउन र भदौमा मात्रै विभिन्न देशबाट २ करोड ६९ लाख रुपैयाँ बराबरको ५० लाख किलो चिनी आयात गरेको छ । यसमध्ये सबैभन्दा बढी चिनी भारतबाटै आएको देखिन्छ । गत आर्थिक बर्षमा भने नेपालले ५ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ बराबरको ११ करोड किलो चिनी विभिन्न देशहरुबाट आयात गरेको थियो ।

नेपालको चिनी उद्योगीहरुले नेपालमा पर्याप्त मात्रमा चिनी उत्पादन हुने गरेको बताएपनि धेरैजसो माग विदेशबाटको आयातले धानेको तथ्यांकले देखाउँछ । भारतले हालसम्म लगाएको चिनी निर्यातको प्रतिवन्धले नेपालमा चिनीको मूल्यमा असर परिसकेको र अझै प्रतिवन्ध लम्बिँदा चिनीको अभावसमेत हुने जानकारहरु बताउँछन् ।

संम्बन्धित समचार

Leave a Reply