एनएमबि बैंकले ॠणपत्र निष्कासन गर्ने

मंसिर ५, काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ॠणपत्र निष्कासन गर्ने प्रयोजनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन पेश गरेको छ ।

बैंकले “एनएमबि डिबेञ्चर २०८९।९०” को नाममा वार्षिक १०.७५ प्रतिशत व्याजदर भएको १० वर्ष अवधिको लागि प्रतिकित्ता १००० मूल्य अंकित दरको ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता डिबेञ्चर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।

संम्बन्धित समचार

Leave a Reply