प्रतिनिधिसभाको निर्वाचन: १०० क्षेत्रको मतपरिणाम सार्वजनिक (कसले कति जिते ?)

मंसिर ९,काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनको १०० निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । १०० निर्वाचन क्षेत्रको मत परिणामअनुसार नेपाली कांग्रेसले ३६ स्थानमा जित हात पारेको छ । कांग्रेसले जारी मतगणना भइरहेका ६२ क्षेत्रमा कांग्रेसले १८ स्थानमा अग्रता कायम राखेको छ ।

एमाले दोस्रो स्थानमा छ । एमाले २२ निर्वाचन क्षेत्रमा विजयी छ भने २५ स्थानमा अग्रता लिइरहेको छ । नेकपा माओवादी केन्द्रले ९ सिट जित्दा ७ सिटमा मात्रै अग्रता कायम गर्न सकेको छ । एकीकृत समाजवादीले ९ क्षेत्रमा निर्वाचन जितेको छ भने अझै एक स्थानमा अग्रता बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हात पारेको छ भने एक क्षत्रेमा अग्रस्थानमा छ । राप्रपाले ४ सिट जितिसकेको छ भने २ सिटमा अग्रता कायम गरेको छ । जसपाले २ सिट जितेर ४ स्थानको मतगणनामा अघि छ । २ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टीले २ क्षेत्रमा अग्रता बनाएको छ ।
२ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले एउटा निर्वाचन क्षेत्रमा अग्रस्थान लिएको छ ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले एक(एक स्थानमा जितेका छन् । स्वतनत्र उम्मेदवारहरुले चार क्षेत्रमा जित हात पारेका छन् ।

संम्बन्धित समचार

Leave a Reply