भोलि बेलुकासम्म तीन जिल्ला बाहेकका स्थानबाट मत परिणाम आइसक्ने, २५ गतेसम्म प्रतिवेदन बुझाउने !

मंसिर ११, काठमाडौ । निर्वाचन आयोगले दोलखा, स्याङ्जा र बाजुराबाहेकका जिल्लाको मत गणना सोमबार बेलुकासम्म सक्ने भएको छ । बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरु सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम सोमबार साँझसम्म आइसक्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

बाजुरा, दोलखा र स्याङ्जामा देखिएको समस्याका सम्बन्धमा आयोगले आइतबार बेलुका निर्णय लिने थपलियाले जानकारी दिए ।
धाँधली भएको भन्दै विवाद भएपछि ती जिल्लामा अझै पनि मतगणना सुरु हुन सकेको छैन। त्यहाँ पुनःमतदान हुनुपर्ने आवाज दलहरुले उठाएका छन् ।

संम्बन्धित समचार

Leave a Reply