बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज राजिनामा दिने

पौष ८, काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज शुक्रबार पदबाट राजिनामा दिने भएका छन् । धादिङ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले विहीबार सदस्य पदको शपथ लिएपछि आज राजिनामा दिन लागेका हुन् । मुख्यमन्त्री पदमै रहेर शपथ खाएको भन्दै हिजो उनको सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

बागमती प्रदेश सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मुख्यमन्त्री पाण्डेले आज पदबाट राजिनामा दिने बताए । आज शुक्रबार हेटौडा आएर पाण्डेले राजिनामा दिने उनको भनाइ छ । सो बारेमा प्रदेश प्रमुखलाई समेत जानकारी गराइसकिएको उनले बताए ।

 

संम्बन्धित समचार

Leave a Reply