राष्ट्रपति र उपराष्ट्रपति चुनावको काम छिटो थालनी गर्न आयोगलाई प्रधानमन्त्री दाहालको निर्देशन

पौष १८, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको चुनावकाबारेमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक स्थानमा चुनावका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुसँग आग्रह गरेका छन् ।

राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि दलहरुले छलफल गरेर निष्कर्ष निकाल्ने भन्दै उनले आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । आउँदो फागुनमा रिक्त हुने राष्ट्रपति र उपराष्ट्रपति पदका लागि एक महिना अगाडि नै चुनाव गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

संम्बन्धित समचार

Leave a Reply