दिनभर देशभरको मौसम सफा रहन्छ : मौसमविद

पौष २४, काठमाडौं । देशभरको मौसम मंगलबार दिनभर सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम भएकाले सोमबारजस्तो बादल लाग्ने वा पानी पर्ने सम्भावना नरहेको मौसमविद सुवास रिमालले बताए ।

तर पश्चिम र पूर्वका पहाडी क्षेत्रमा बेलुकातिर आंशिक बदली हुने तथा केही ठाउँमा छिटफुट पानी पर्ने सम्भावना भने रहेको मौसमविद रिमालले बताए । यस्तै उच्च पहाडी क्षेत्रका केही ठाउँमा हल्का हिउँ पर्ने सम्भावना पनि छ ।

काठमाडौँ उपत्यकाको मौसम दिनभर सामान्यतया सफा रहने देखिएको मौसमविद रिमालले बताएका छन् । मंगलबार बिहान २.२ डिग्रीको आसपासमा न्यूनतम तापक्रम रहेको काठमाडौँ उपत्यकाको तापक्रम दिउँसो १७ देखि १९ डिग्रीसम्म पुग्ने अनुमान छ ।

संम्बन्धित समचार

Leave a Reply