छोडेर गएका लेखराजको घर पुग्दा प्रचण्डले सम्झिएको ४० वर्ष लामो सहयात्रा

चैत्र २६, काठमाण्डौँ । नेपालको राजनीतिमा सहकार्य र विभाजन नौलो होइन। राजनीतिक रुपमा कष्टप्रद यात्रा तय गरेका नेताहरु आज अलग भएका छन्। माओवादीमा पछिल्लो समय विभाजनको श्रृङखला नै चल्यो। सोही कारणले सँगैका सहकर्मी आज अलग राजनीतिक धारमा पुगेका छन्।

उसो त राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भनेर समेत चित्रित गरिन्छ। नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजनको रोग निकै पुरानो हो। त्यसैको प्रभाव पछिल्लो समय माओवादीमा पनि परेको छ।

यस्तै माओवादी आन्दोलनमा लागेका हितैषी सहकर्मी हुन् पुष्पकमल दाहाल प्रचण्ड र लेखराज भट्ट। हाल प्रधानमन्त्री रहेका प्रचण्डका निकटस्थ सहकर्मी लेखराज भट्ट अहिले अलग पार्टीमा लागेका छन्।

माओवादीले सुरु गरेको जनयु्द्ध अगावै हालको माओवादीको विभिन्न घटकका रुपमा रहेको पार्टीमा सँगै रहेका उनीहरु माओवादीले सुरु गरेको जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिक यात्रासम्म सँगै सहयात्रा गरेका हुन्।

माओवादी र एमालेबीच एकता भएर नेकपा बनेपछि पनि सँगै रहेका उनीहरु सर्वोच्चको एमाले र माओवादी ब्युँताउने फैसलापछि अलग राजनीतिक यात्रा तय गर्न पुगे। भट्ट एमालेमै रहे भने प्रचण्ड पूर्ववत् पार्टीको नेतृत्व गर्दै पुनर्जीवित माओवादीको अध्यक्ष भएर अलग बन्न पुगे।

भट्ट अहिले एमालेको सचिव छन्। यता, उनकै पूर्वसहकर्मी तथा सुप्रिमो अध्यक्ष प्रचण्ड भने नेपालको कार्यकारी प्रमुख प्रधानमन्त्री रहेका छन्। उनै भट्टका पूर्वसहकर्मी हालका प्रधानमन्त्री प्रचण्डले कैलालीमा एक कार्यक्रममा पुगेको अवसरमा आफ्नो पूर्वसुहकर्मीलाई भेट्न पुगेका छन्।

गोदाबरी- १ अत्तरियास्थित भट्टकै निवासमा पुगेर गरिएको भेटवार्तामा प्रचण्डले राजनीतिक यात्राको क्रममा आफू लामो समयसम्म सोही घरमा बसेको स्मरण गरे।

उनले आफ्ना पूर्वसहकर्मी भट्टको घरमा बसेको स्मरण गर्दै उनकाे परिवारले आफ्नो लागि छुट्टै कोठा नै उपलब्ध गराएको उल्लेख गरे।

प्रचण्डसँग भट्टको सहयात्रा निकै पुरानो हो। २०४१ सालमा मोहनविक्रम सिंहसँग अलग भएर नेकपा(मशाल) हुँदै एकताकेन्द्र र माओवादी जनयुद्धसम्म निरन्तर यी दुबैले सहयात्रा गरेका हुन्।

सोही विगतलाई स्मरण गर्दै भट्टसँगको भेटपछि प्रचण्डले भने, ‘यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध हो। मेरा लागि छुट्टै कोठानै घरको माथिल्लो तलामा छ। लेखराजजी राजनीतिक व्यक्तित्व भएपछि कतिपय राजनीतिक विषयमा छलफल भयो। मेरो यो घरसँग भावनात्मक सम्बन्ध छ।’

मोहनविक्रम सिंहसँग अलग भएर २०४१ सालमा नेकपा(मशाल) गठन गरिए यता निरनतर रुपमा प्रचण्डलाई भट्टले साथ दिँदै आएका थिए।

सर्वोच्चको २०७७ फागुन २३ को फैसलापछि एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजन भएर दुबै पार्टी पूर्ववत अवस्थामा पुगेपछि अहिले छुट्टाछुट्टै पार्टीमा लागेका हुन्।

संम्बन्धित समचार

Leave a Reply