जनता बैंकद्वारा इन्टरनेशनल रेमिट्यान्स सेवा विस्तार

माघ १४, काठमाडौं । जनता बैंक नेपालले यसै आवदेखि भारतलगायत अन्य देशबाट समेत इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । ‘नेपाली जनताको बैंक, जनता बैंक’ भन्ने नारा लिएको बैंकले हालै बराक साजन एक्स्चेन्ज, बेलायतसँग सम्झौता गरी बेलायतबाट समेत उक्त सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

बराक साजन एक्स्चेन्ज इंल्यान्ड र वेल्समा एक्स्चेन्ज कम्पनीको रूपमा आबद्ध बराक बैंक लिमिटेड, बंगलादेशको भगिनी संस्था हो । भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको ठूलो समुदायमा एक्स्चेन्ज सेवा पुर्‍याउँदै आएको बराक साजन एक्स्चेन्जले यो सम्झौतासँगै पहिलो पटक नेपाली समुदायमा पनि सेवा प्रारम्भ गर्ने भएको छ । उक्त एक्स्चेन्जले निकट भविष्यमै पोल्यान्ड, इटली, पोर्चुगल र स्पेनमा पनि आफ्नो सेवा विस्तार गर्दै छ । उक्त सेवापश्चात् ती मुलुकमा रहेका नेपालीले समेत जनता रेमिटमार्फत नेपालमा पैसा पठाउन सक्नेछन् ।

उक्त रेमिटबाट पठाइएको पैसा जनता बैंकका सबै १२९ ओटै शाखाबाट भुक्तानी लिन वा आफ्नो खातामा जम्मा गर्न सकिनेछ । यसका अतिरिक्त संसारा रेमिट, आई पे रेमिट, बुम रेमिट, जीएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिने बैंकले बताएको छ ।

संम्बन्धित समचार

Leave a Reply