सरकारले २० हजार भन्दा धेरै आयोजनाको एकमुष्ट म्याद थप्नुपर्छ: अध्यक्ष सिंह

फागुन १३,काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले २० हजार भन्दा धेरै आयोजनाको एकमुष्ट म्याद थप्नु पर्ने बताएका छन्। २०८० असार २१ मा सबै आयोजनाको म्याद थप गर्नु भनेर सरकारले निर्देशन दिएपनि अहिलेसम्म दुई हजार पनि आयोजनाको म्याद थप नभएको बताए ।

उनले सरकारले निर्देशन दिएपनि निर्देशनको पालना नगर्ने आयोजना प्रमुखलाई कुनै कारबाही हुन नसकेको बताए । विकास निर्माण र पूर्वाधारमा सरकार र कर्मचारीबाटै असहयोग हुँदै आएको उनको गुनासो छ । सरकारले निर्माण सम्पन्न भएका आयोजनामा लामो समयदेखि भुक्तानी नदिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको भनाई छ । उनका अनुसार निर्माण व्यवसायीले झण्डै ६० अर्ब रुपैयाँ भुक्तानी पाउँन नसकेको अवस्था छ ।

भौतिक पूर्वाधारको निर्माण सुस्त हुँदा अहिले अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन । महासङ्घका अध्यक्ष सिंहले सरकारले बेलैमा भुक्तानी नदिए निर्माण क्षेत्रसँगै सिमेन्ट तथा डन्डीजस्ता उद्योग र अर्थतन्त्र नै चलायमान हुन नसक्ने बताए । सरकारले आन्तरिक वा वाह्य ऋण लिएर भएपनि अर्थतन्त्र र निर्माणका गतिविधिलाई चलायमान बनाउनुपर्नेमा उनको जोड छ ।

संम्बन्धित समचार

Leave a Reply