सर्वोत्तम सिमेन्टका शेयरधनीले ६ दिनमै कमाए आधा लाख !

चैत्र १४, काठमाण्डौँ । सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा आजपनि अपर सर्किट लागेको छ । नेपाली सेयर बजारमा दोश्रो बजारमा सूचीकृत भएको लगातार छैठौं दिनसम्म अपर सर्किट लागेका निकै कम कम्पनी छन् ।

सर्वोत्तम सिमेन्टको बजारमा निकै कम आपूर्ति छ । थोरै कित्ता सेयरमा खेलाडीहरुले लगातार चलखेल गरिरहँदा मूल्य समेत लगातार नै उछालको गतिमा बढिरहेको छ । सर्वोत्तमको सेयर मूल्यमा छैठौं दिन प्रतिकित्ता ८९.५० रुपैयाँले बढेर ९८४.६० रुपैयाँको उचाईमा पुगेको छ ।

छैठौं दिनमा सर्वोत्तम सिमेन्टको खरीदतर्फ १३ लाख ५६ हजार बढीको अर्डर पोस्ट भएको छ । बिक्री गर्ने कोही नहुँदा मूल्य कारोबार सुरु भएको केही समयमै उछालको गतिमा बढेको हो ।

सर्वोत्तमले प्रति कित्ता अंकित दर १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको थियो । आईपीओमा उच्च खरीद चाप परेकोले चिठ्ठा विधिबाट बाँडफाँड गरिएको थियो । आईपीओ पाउने प्रत्येकले ५० कित्ताको दरले सेयर पाएका थिए ।

संम्बन्धित समचार

Leave a Reply