ठेक्का लिएर समयमै काम नगर्ने २३ निर्माण कम्पनी कालोसूचीमा, ३ वर्षसम्म काम गर्न नपाउने

चैत्र १४, काठमाडौँ । समयमै आयोजना सम्पन्न नगर्ने झन्डै दुई दर्जन ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । सरकारले आयोजनाको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने २३ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार २ निर्माण कम्पनीलाई ३ वर्ष, १ निर्माण कम्पनीलाई २ वर्ष, २ वटा निर्माण कम्पनीलाई डेढ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो । ५ निर्माण कम्पनीलाई १३ महिना र अन्य १३ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply