‘सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन’ : महानिरीक्षक कुँवर

चैत्र १४, काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको आजको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन् ।

कुँवरले सहकरी प्रकरणको मुख्य नायक जीबी राई रहेको आफूहरुको पनि बुझाइ रहेको बताउँदै उनी मलेसियामा रहेको बताएका छन् । उनले भने, जीबी राई मलेसिया रहेको जानकारी पाएका छौँं । सुपुर्दगी सन्धि नभएकाले सहयोग गर्न मलेसिया सरकार बाध्य छैन । हामी रेड कर्नर नोटिस, इन्टरपोललाई आग्रह गरेका छौं । उसले सहयोग गरेको छैन । रवि लामिछानेको विषयमा ठाडो उजुरी मात्रै परेको हो, थप प्रमाणपत्र आएको छैन,’ उनले भने ।

संम्बन्धित समचार

Leave a Reply