रोजगार सिर्जना गर्न प्राविधिक शिक्षामा जोड दिइनुपर्छः सभामुख महरा

बैशाख ३, लमही । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले स्वरोजगार सिर्जना गर्न प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । दाङको राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयको रजत जयन्तीको अवसरमा मंगलबार उनले अब परम्परागत शिक्षाभन्दा टिक्ने, बिक्ने र सिक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताए ।

‘अब परम्परागत शिक्षाभन्दा पनि आधुनिक र प्राविधिक शिक्षा आवश्यक छ’, उनले भने, ‘त्यसैले हामीले अब प्राविधिक शिक्षालाई जोड दिनुपर्छ ।’ उनले सरकारको एक वर्ष आधार वर्ष भएकाले अबका वर्षलाई विकास निर्माणको वर्षका रुपमा अघि बढ्ने बताए।

सभामुख महराले अझै पनि सङ्घीयता नीतिगत रुपमा प्रष्ट भए पनि व्यावहारिक रुपमा प्रष्ट नरहेको भन्दै सङ्घीयतालाई सफल पार्न निकै चुनौती पार गर्नुपर्ने बताए। अहिले नयाँ संविधान कार्यान्वयनको चरणमा केही संक्रमण बाँकी रहेपनि छिट्टै समाधान हुने उनको भनाइ थियो ।

सांसद मेटमणि चौधरी, गङ्गा थारु, प्रदेशसभा सदस्य इन्द्रजित थारु, रेवतीरमण शर्मा, दामा शर्मा र सरस्वती गौतमले प्राविधिक शिक्षालयले धेरै गरीबका छोराछोरीलाई प्राविधिक शिक्षाको पहुँचमा पुर्‍याएको बताए। रासस

संम्बन्धित समचार

Leave a Reply