कांग्रेस नेता रिजालमाथि आक्रमण प्रयास

असोज १२, काठमाडौं । तनहुँमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् । रिसिङ गाउँपालिकाको भवन उद्घाटनका लागि गएका डा. रिजालमाथि नेकपा कार्यकर्ताले बाटोमा आक्रमण प्रयास गरेका हुन् ।

भवन उद्घाटन गर्नबाट रोक्न ठाउँ ठाउँमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै रिजालसहितका नेताहरु चढेका गाडीमा ढुंगामुढा गरिएको थियो । बाटो अवरुद्ध गरेर बसेका नेकपा कार्यकर्ताहरुले हातहतियार र लाठीले आक्रमण गर्न खोजेको डा. रिजालले दाबी गरेका छन् ।

प्रहरी प्रशासनको आडमा नेकपा कार्यकर्ता आक्रमणमा उत्रिएको आरोप पनि उनले लगाए ।

नेकपा कार्यकर्ताको अवरोधका बावजुद नेता रिजाल रिसिङ गाउँपालिका पुगेर भवन उद्घाटन गरेका छन् ।

यता, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाको भवन उद्घाटन गर्न गएका नेताहरुमाथि मण्डले शैलीमा आक्रमण गरी नेकपाले फाँसीवादी चरित्र देखाएको भन्दै भर्त्सना गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply