सभामुख महराले बुझाए दोस्रो पटक शर्तरहित राजीनामा

असोज १५, काठमाडौं । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महराले दोस्रो पटक राजीनामा बुझाएका छन्।

उनले मंगलबार शर्तसहित बुझाएको राजीनामाको राजनीतिक र कानुनी वृत्तमा चर्को आलोचना भएपछि राजीनामा सच्याएर फेरी बुझाएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ।

महराले मंगलबार बुझाएको राजिनामा पत्रमा ‘छानबिन प्रक्रिया नसकिँदा सम्मका लागि राजीनामा दिएको’ उल्लेख थियो।

संसद सचिवालयले समेत राजीनामा शर्तसहित हुन नसक्ने भन्दै त्यसमा असमति जनाएपछि महराले मंगलबार नै दोस्रो पटक राजिनामा बुझाएका हुन्।

संम्बन्धित समचार

Leave a Reply