त्रिभूवन विमानस्थलबाट आठ किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ

मंसिर १३, काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

हङकङबाट नेपाल आउने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा उनीहरु दुवै जनाको साथमा चार–चार किलो सुन फेला परेको थियो ।

पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ रहेका छन् । उनीहरु हङकङबाट नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं आएका थिए ।

पक्राउ पर्ने सुनका मालिक हुन या भरिया मात्र हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त रानीपोखरीका एसपी श्याम ज्ञवालीले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply