मन्त्री हुनु त रामविर मानन्धर जस्तो : जसले आफ्नै सवारी पठाएर अलपत्र बिरामीको उद्दार गरे !

चैत्र २१,काठमाडौँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सवारी साधनको अभावमा अलपत्र परेका बिरामीलाई आफ्नै सवारी पठाएर उद्दार गरेका छन् । बिहीबार साँझ साँढे पाँच बजे बालाजुमा बिरामी अलपत्र परेको खबर आएपछि मन्त्री मानन्धरले आफ्नै गाडी पठाएर उद्दार गराएका हुन् । ज्वरो र झाडापखाला लागेर उपचार गर्न बालाजु आएका जितपुर रामघाटका ६६ वर्षिय नवराज घिमिरेको उद्दार गरी घरसम्म लगिएको हो ।

बिरामी घिमिरेका आफन्तले अलपत्र अवस्थामा मन्त्रीलाई टेलिफोन गरेर जानकारी गराएका थिए । लगत्तै मन्त्री मानन्धरले आफ्नो सचिवालयका जयप्रकाश श्रेष्ठलाई उद्दारका लागि पठाएर घरसम्म पुर्याउने ब्यवस्था मिलाईदएिका थिए । लगातार झडापाला लागेपछि घिमिरे आफन्तको सहयोगमा बिहान उपचारका लागि बालाजु पुगेका थिए ।

मन्त्रीले गाडी नै पठाएर उद्दार गरेपछि बिरामी घिमिरेले सरकारले जनताको रक्षाका लागि गरेको कामबाट निकै खुसी लागेको बताए। लकडाउनका बेला बिरामी, असक्त र कमजोर आर्थिक अवस्थाका नागरिकका लागि सरकारले उद्दार र राहतको कामलाई तिब्रता दिएको मन्त्री मानन्धरले बताए । काठमाण्डौमा समस्यामा परेका सर्वसाधारणको सहयोगका लागि आफु निरन्तर लागिरहेको बताउँदै मन्त्री मानन्धरले नेपाल सरकार जनताको सुख दुखमा सँगै रहेको बताए । यस अघि पनि मन्त्री मानन्धरको सचिवालयले काठमाण्डौका विभिन्न स्थानमा समस्यामा परेका सर्वसाधारणलाई सहजिकरण गरिरहेको छ ।

स्वकीय सचिव श्रेष्ठका अनुसार काठमाण्डौका विभिन्न स्थानमा बृद्धबृद्धा, बिरामी र आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणका लागि अत्यावश्यकीय औषधि, खाद्यान्न, ग्यास लगायतका वस्तुहरु आपूर्तिमा सचिवालयले सहजीकरण गरिरहेको छ । समस्यामा परेका सयौं सर्वसाधारणलाई आवश्यक सहजिकरण गरिएको श्रेष्ठले जानकारी दिए । मन्त्री मानन्धरले विपद्का बेला जनताको आशा र भरोशा जनप्रतिनिधिसँग हुने भन्दै आफ्नो मोबाईल नम्वर सार्वजनिक गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply