भारतबाट झापा घर फर्किएका युवकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

चैत्र २१, भद्रपुर । भारतबाट झापा घर फर्किएका एक युवकमा कोरोना भाइरस सङ्क्रमण परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा उपचाररत झापा गाउँपालिका साबिक कुमरखोद गाविस १ घर भएका १८ वर्षीय प्रवज आलमको थ्रोट स्वाब रिपोर्ट नेगेटिभ आएको हो । उनको थ्रोट स्वाब परीक्षणको नेगेटिभ भएको रिपोर्ट शुक्रबार दिउँसो आएको अस्पतालका मेसु डा पीताम्बर ठाकुरले जानकारी दिए ।

उच्च ज्वरो र रुघाखोकी लागेका आलम चैत १८ गते आइसोलेसनमा भर्ना भएका थिए । उनको स्वाब परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । दुई साताअघि भारत विहार राज्यस्थित बहादुरगञ्जमा रहेको हजुरआमाको घरमा एकदिन बसेर ती युवक आफ्नो घर झापा फर्किएका थिए ।

संम्बन्धित समचार

Leave a Reply