नेपालमा कोरोना संक्रमितको अबस्था कस्तो छ ? डिस्चार्ज कहिले होला ?

चैत्र २७, काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये आठजना उपचाररत छन् । दुईजना काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचाररत छन् । बाँकी छ जना उपत्यकाबाहिर उपचाररत छन् । उपचाररतमध्ये केही संक्रमणमुक्त भइसकेको बुझिएको छ । पछिल्लो टेष्टहरु नेगेटिभ आइरहेकाले चिकित्सकको परामर्शमा केही दिनमै डिस्चार्ज गर्ने तयारी भएको छ । टेकुमा उपचाररत किशोरी र युवक दुवैजना केही दिनमै डिस्चार्ज हुने बुझिएको छ । विश्वस्त स्रोतका अनुसार दुवैजना स्वस्थ भइसकेका छन् । दोस्रो संक्रमित अस्पताल बसेको दुई हप्ताभन्दा बढी भइसकेको छ । तेस्रो संक्रमित पनि अस्पताल बसेको दुई हप्ता भइसकेको छ ।

संक्रमितमध्ये तीनजना ४ चैत्रमा काठमाडौं उत्रिएको कतार एयरवेजको क्युआर ६५२ नम्बरको विमानका यात्रु हुन् । सो विमानमा यात्रा गरेका तीनजना महिलाहरुलाई संक्रमण भेटिएको हो । जसमध्ये दुईजना बाग्लुङका र एकजना काठमाडौंका छन् । यसै हप्ता कोरोना संक्रमण पत्ता लागेको छैठौं संक्रमित बाग्लुङकी ६५ वर्षीया महिला हुन् र उनको उपत्यकाबाहिरै उपचार भइरहेको छ । संक्रमितको दमको पनि समस्या भएको बुझिएको छ । उनी पनि सामान्य अवस्थामा रहेको बुझिएको छ ।

कोरोना भाइरसबाट नेपालमा पहिलो संक्रमित चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराएर डिस्चार्जको पर्खाईमा छिन् ।
तेस्रो संक्रमित ६ चैत्रमा दुबईबाट आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । उनको परीक्षणको रिपोर्ट १२ चैत्रमा आउँदा संक्रमण भेटिएको थियो । उनी पनि डिस्चार्जको पर्खाइमा छन् । चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको हो । उनी ३४ वर्षका छन् र उपचार भइरहेको छ । संक्रमित व्यक्ति दुबईबाट वैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनी पनि सामान्य अवस्थामा छन् ।

पाचौं संक्रमित बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको थियो । उनी बाग्लुङकी हुन् । उनी पनि सामान्य अवस्थामा छिन् । छैठौं संक्रमित फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको हो । उनी पनि बाग्लुङकै हुन् । उनी पनि सामान्य अवस्थामा छिन् । सातौं संक्रमित भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष हुन् । उनी रोजगारीका लागि मुम्बईमा थिए । लकडाउन अगाडि नै नेपाल फर्किएको बुझिएको छ । उनी सेती अस्पतालमा उपचाररत छन् ।

आठौं संक्रमित उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन् । उनी पनि कामको सिलसिलामा उत्तराखण्ड पुगेको र कोरोना रोकथामका लागि लकडाउन भएपछि फर्किएका हुन् । उनी पनि सेती अञ्चल अस्पतालमा उपचाररत छन् ।
नवौं संक्रमित ३४ वर्षीया महिला नेपालभित्र नै रहँदै आएकी हुन् । संक्रमित ३४ वर्षीया महिला यसअघि दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय पुरुषका आफन्त हुन् । दुबईबाट फर्किएका ती पुरुषबाट ती महिलामा संक्रमण सरेको बुझिएको छ । उनी पनि सेती अस्पतालमा उपचाररत छन् ।

संम्बन्धित समचार

Leave a Reply