धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य भन्छन्–‘धुनिवेशीका जनतालाई सुरक्षित राख्छौँ’ (अन्तर्वार्ता)

सन्तोष सुवेदी

धुनिवेशीनगरपालिका । धुनिवेशी नगरपालिकामा बिहिबार एक जना महिलामा कोरोना लागेको पुष्टि भयो । धुनिवेशी नगरपालिका वडा नम्बर ३ को महेशफाँट भन्ने स्थानकी महिलामा कोरोना देखिएपछि उनको काठमाण्डौमा उपचार भईरहेको छ भने उनको गाउँको चार किल्लालाई सिल गरिएको छ । धादिङको धुनिवेशी नगरपालिकाभित्र कोरोना भाइरस कोभिड–१९ को लक्षण देखिएको यो पहिलो घटना पनि हो । उसो त धादिङमा कोरोना संक्रमित ५ जना पुगिसकेका छन् । जसमा ३ जना निको भएका छन् भने बाँकी २ जना उपचार गरिरहेका छन् ।  नेपालमा कोरोना भाइरस कोभिड–१९ बाट मृतक तथा संक्रमितको संख्या बढीरहेको छ । संक्रमितको संख्यामा धुनिबेशी नगरपालिका पनि अछुत रहन सकेन । अहिले धादिङ जिल्लामा पनि बिस्तारै कोरोना संक्रमित थपिरहेको अबस्थामा धुनिवेशी नगरपालिकाले कसरी काम गरिरहेका छ ? कोरोनाबाट जोगिन के–कस्ता पुर्वतयारीहरु भईरहेका छन् त ? संक्रमित भेटिएपछिको अबस्थामा त्यहाँ कसरी काम भईरहेको छ ? सहकर्मी आशिष ठकुरीले धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यसँग गरेको कुराकानी :

धुनिवेशी नगरपालिकामा कोरोना संक्रमित भेटिएको छ, संक्रमित ब्यक्तिबाट अन्यमा यो रोग नसरोस् र सरेको भए भयाबह नहोस् भन्नको लागी धुनिवेशी नगरपालिकाले कसरी काम गरिरहेको छ ?

‘धुनिवेशी नगरपालिकामा कोरोना संक्रमित भेटिएको छ, बिशेष गरि धुनिवेशी नगरपालिका वडा नम्बर ३ मा बस्ने एक महिलामा कोरोना देखिएको हो । उहाँ कामको सिलसिलामा काठमाण्डौतिरै बस्नहुन्थ्यो, लकडाउनपछि उहाँ आएर आफ्नो घरमा बस्नुभयो । उहाँ १२ गतेदेखि घर आउनुभएको छैन, १६ गते कोरोना संक्रमण देखिएपछि उतै काठमाण्डौमै उपचार गरिरहनुभएको छ, हामीले उहाँ संक्रमित हुनुभएको जानकारी पाएपछि उहाँको घरमा, उहाँको सम्पर्कमा रहेका ब्यक्तिहरुको बारेमा खोजिनिती गर्यौँ, एक जनाले उहाँलाई काठमाण्डौ छोडिदिएको भन्ने जानकारी भयो, त्यसपछि हामीले घरमा ५ जनाको सदस्य संक्रमित महिलाका बुबा, ममी, आफन्तलगायतलाई बाहिर नजान, अरुको सम्पर्कमा नआउन र घरमै बस्न र कुनै पनि ब्यबसाय नगर्न अनुरोध पनि गरेका छौँ, हिजै हामीले संक्रमित भेटिएको ठाउँलाई सिल पनि गरेका छौँ भने ५ जनाको स्वाव संकलन गरि काठमाण्डौको टेकु हस्पिटल पनि पठाईसकेका छौँ । हामीले चार किल्ला पूर्वमा चामेखोला, पश्चिममा भालुखोला,दक्षिणमा महेशखोला र उत्तरमा सेढाईँगाउँलाई सिल पनि गरेका छौँ । नगरपालिकाले त्यहाँका स्थानियहरुलाई सिल गरिएको क्षेत्रभित्र कुनै पनि क्रियाकलाप नगर्न पनि सुचित गरेका छौँ ।’

सिल गरिएको क्षेत्र कहिलेसम्ममा खुल्छ ? पिसिआर टेस्ट आएपछिको अबस्थामा सिल खुलाउने योजना हो ?

‘त्यहि हो, यो जवसम्म पिसिआरको रिपोर्ट आउँदैन, त्यतिबेला सम्म सिल गरिएको छ, यदि त्यहाँ सिसिआर रिपोर्ट पोजेटिभ आएमा अन्य कदम चाल्छौँ, यदि नेगेटिभ आयो भने हामी सुरक्षित हुन्छौँ, त्यसपछि सिल खुलाईन्छ र संक्रमित महिला पनि सामान्य रहनुभएकाले आत्तिनु पर्ने अबस्था पनि छैन ।’

स्थानिय सरकारसँग नागरिकहरुको अपेक्षा धेरै छ, केहि नागरिक स्थानिय सरकारले धेरै काम गरेको बताउँछन् भने कोहि कोरोनाको सवालमा कुनै काम नभएको पनि बताईरहेको अबस्थामा संघिय र प्रदेश सरकारलाई भन्दा स्थानिय सरकारलाई कामको बोझ पनि बढी छ, समग्रमाभन्दा धुनिवेशीले कोरोना रोकथामको लागी के–के काम गरिरहेको छ ?

‘अब यो कोरोना भाइरस आईसकेपछि जव संघिय सरकारले देशभर लकडाउन गर्यो, त्यसपछि हामीले कोरोनासँग सम्बन्धित कार्यक्रम निरन्तर रुपमा जनतामाझ लिएर गईरहेका छौँ ,प्रचारप्रसार अभियान, हामीले उहाँहरुलाई गर्नुपर्ने अपिल, जनचेतनाका कार्यक्रमहरु, लगायत धेरै कार्यक्रम हामीले गरेका छौँ । र यति बेला अब कतिले राम्रो भन्छन्, कतिले नराम्रो भन्छन्, यो सबैको आ आफ्नै हेराई पनि हुन्छ, दृष्किोणले पनि धेरै कुरा फरक पर्ने रहेछ, अहिले संघिय सरकार र प्रदेश सरकारले नितिी निर्माणको काममा केन्द्र प्रदेशमा हुनुहुन्छ, तर जनतासँग एउटा जोखिम मोलेर जतिवेला पनि जनताको गाउँघरमा पुगिरहेका छौँ । ज्यानकै बाजि थापेर पनि हामी जनताको घर दैलोमा पुगिरहेका छौँ, कतिपयको यतापट्टि दृष्टि जाँदैन र आलोचना गर्छन्, एक किसिमका ब्यक्तिले कहिले राम्रो देख्दै देख्दैन, उहाँहरुले जहिले नराम्रो मात्र देख्छन् । सबै कुरा राम्रो देख्ने कोहि छैन, भगवान पनि यसमा अछुतो हुनुहुन्न भन्ने भनाई पनि छ ।

सकेसम्म हामी धुनिबेशीका जनतालाई सुरक्षित गर्ने बाटो तर्फ लागीरहेका छौँ । पहिले पनि बिदेशमा बस्ने केहि नागरिकहरुलाई धुनिबेशीले बनाएको क्वारेन्टाईनमा राख्ने ब्यबस्था मिलायौँ, कतिपयले घरमै बस्द्धु भन्नुभयो, हामीले दैनिक रुपमा स्वास्थ्यकर्मी सहित घरमै लगेर स्वास्थ्य जाँचको ब्यबस्था पनि मिलाएका थियौँ, उहाँहरुलाई २०, २२ दिन राखेर आरडिटि परिक्षणपछि घर पठायौँ । अहिले ईन्डियाबाट आउनेहरु बढेको छ, नगरपालिकाले बनाएको क्वारेन्टाईनमा १५ जना अझै पनि रहेका छन्, खाना, खाजा सबै ब्यबस्था गरेर उहाँहरुलाई हामीले राखिरहेका छौँ ।’

कोरोना भाइरस रोकथाम तथा न्युनिकरणका लागी संघिय, प्रदेश र स्थानियतह बिचरको सम्बन्ध चै कस्तो छ ?

‘संघको त हामीले सुन्ने मात्र हो, यो सुन्ने मात्र रहेछ किनभने अब निति निर्माणमै माथी हुनुहन्छ र देश बिदेशका कुराहरुमा, यी नागरिकका कुराहरु, निति निर्माणमा उहाँहरु अब्बल हुनुहुन्छ, हामीले त सुन्ने मात्र हो, उहाँहरु जस्तो केन्द्रसँग समन्वय हुन नसक्ने रहेछ, प्रदेशसँग पनि हामीले समन्वय गरिहरका छौँ, अब त्यहाँबाट हामीलाई सुरुमा १२ लाख रुपैयाँ बिपद्मा पठाउनुभयो, त्यसपछि हामीले अरु सहयोगहरु पाएका छैनौँ, जिल्लाबाट आएका किटहरुबाटै परिक्षण भईरहेका छन्, हामीले संका लागेका ब्यक्ति, केहि स्वाथ्यकर्मी, पत्रकार लगायतको परिक्षणपनि गरायौँ, हामीसँग पिसिआरको किट छैन, आरडिटीबाट परिक्षण भईरहेका छन् । आरडिटिबाट पोजेटिभ आएमा काठमाण्डौ पठाउने गरेका छौँ । अलिकति बिज्ञ भएको भनेको केन्द्रमा हो, हामी सिमित घेराभित्र छौँ, त्यहा हरेका चिज हुँदा पनि अलि बढी सक्रियता हुनुपर्नेमा कहिकतै अलमलिएको होकी जस्तो लाग्छ ।’

अब यो लकडाउन खुकुलो बनाउने कुरा छ, कसरी अगाडी जान्छ धुनिबेशी नगरपालिका ? अरु कुनै निर्णय छन् कि ?

‘अब जिल्ला बिपद् ब्यबस्थापन समितीले जिल्ला भरिको नै निर्णय गर्ने हो, उहाँहरुले चै हामी यो निर्णय पालना गर्छौँ भनेर नियम बनाए पछि हामी पनि त्यहि पालना गर्छौ, अब यो भिडभाड हुन भने हामी दिँदैनौँ, यसमा हामी नियन्त्रण गछौँ, अब जिल्लाको निर्णय अनुसार नै सबै निर्णयहरु पालना गर्नुपर्छ ।’

अन्त्यमा, के भन्न चाहानुहुन्छ ?
‘आदरणिय, धुनिबेशी नागरिकहरु नआत्तिनुस्, नहातिरिनुस्, धैर्य गर्नुस्, उता कोरोना आयो, यता कोरोना आयो भनेर बिचलित नहुनुस्, आत्तिनुपर्ने अबस्था छैन, किनभने कोरोना लागेर कति बाँचेका छन्, त्यो हामीले देखे सुनेका छौँ, दैनिक डिस्चार्ज हुने मानिसहरु धेरै छन्, । त्यसकारण आत्तिनु पर्दैन, आबश्यक साबधानी अपनाएर घरमै बस्नुहोला, लकडाउन केहि खुकुलो भएपछि अत्याबश्यक बाहेक बजार, घरबाहिर नजानुहोला, दैनिक साबुन पानीले हात धुनुहोला, यति गर्नुभयो भने केहि हद सम्म यो रोगबाट बच्न सकिन्छ ।’

संम्बन्धित समचार

Leave a Reply