कोरोना संक्रमणबाट विदेशमा थप १३ जना नेपालीको मृत्यु

असार २१, काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ अनि ओमान र कुवेतामा १,१ जना नेपालीको निधन भएको हो । समितिका अनुसार हिजो साँझसम्म विदेशमा मात्र १४ देशमा १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको छ ।

यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण बढ्ने दर न्युन हुँदै गइरहेको पनि समितिको विश्लेषण छ । कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीहरुको उद्धारलाई तीब्रता दिइएको पनि संघले जनाएको छ । संघ र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जनाको उद्दार गरिएको संघले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply