‘प्रकोप विरुद्ध लड्न पार्टीभित्र एकता हुनुपर्छ’ : दाहाल

असार २८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रकोप विरुद्ध लड्न पार्टीभित्र पनि एकताको खाँचो रहेको बताएका छन् । शनिबार देखि चितवनमा रहेका दाहालले कोभिड महामारी र प्रकोप विरुद्धको संघर्ष कमजोर हुन नहुने बताए ।

पार्टीभित्र देखिएको विवादले प्रकोप विरुद्धको संघर्षलाई कमजोर बनाउने उनले बताए । पार्टी एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भए त्यो जनताको पक्षको काम भन्ने नठहरिने दाहालको भनाइ छ । आगामी दिनमा अझै दृढताका साथ एकताबद्ध भएर अगाडि बढ्ने उनले बताए। सतर्कता अपनाउन र उच्च मनोबलका साथ एकताबद्ध भएर कोभिड–१९ का विरुद्ध लड्न पनि दाहालले सुझाव दिए । रोगविरुद्ध सबै राजनीतिक शक्ति, नागरिक समाज, पत्रकार सबै एकताबद्ध हुनुपर्ने पूर्वप्रधानमन्त्री दाहालको भनाइ थियो ।

संम्बन्धित समचार

Leave a Reply