काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिए

साउन १०, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा तीन जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । शनिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन जनासहित नेपालमा थप १ सय ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जना र ललितपुरका १ जना, स्टार अस्पताल सानेपामा काठमाडौंका १ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply