आजको मौसम : हल्का देखि मध्यम वर्षाको सम्भावना !

साउन ३२, काठमाडौं । अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेकाले नेपालमा वर्षा जारी रहेको हो । साथै बंगालको खाडीमा बनेको न्युन चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको छ । आज दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply