नेकपा सचिवालय बैठक भदौ १८ गते बस्ने

भाद्र १२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्ने भनिएको बैठक सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यही भदौ १८ का लागि बैठक सारिएको जानकारी दिए । उनका अनुसार कोभिड–१९ को जोखिमका कारणले बैठक सारिएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएपछि बैठक बोलाउन सहमति गरेका थिए । कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नका लागि बैठक बोलाइएको हो । पार्टीले गत साउन ३० गते पार्टी एकतामा देखिएको विवादको समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले यही भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply