चितवनमा निषेधाज्ञा एक हप्ता थपियो, बैंक तीन घण्टा खुल्ने

भाद्र १२, चितवन । चितवन प्रशासनले कोरोना संक्रमण थप बढेको भन्दै निषेधाज्ञा लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सूचना जारी गर्दै भदौ १९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको बताएका हुन् । भरतपुर महानगरपालिकाले साउन ३० गतेदेखि एक हप्ताका लागि महानगरमा निषेधाज्ञा गरेको थियो । साउन ५ गतेबाट जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी गर्दै शुक्रबार राति १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्‍यो ।

कोरोना संक्रमण समुदायमा फैलिएको आकलन गर्दै प्रशासनले पुनः एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिए । यद्यपी यसपटक निषेधाज्ञा पहिलेको भन्दा खुकुलो बनाइएको छ ।

संम्बन्धित समचार

Leave a Reply