अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा छलफल

भाद्र २५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठकको एजेण्डाको बिषयमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा बुधबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भोली शुक्रबार बस्ने स्थायी कमिटी बैठक लामो समयसम्म नगर्ने सहमती समेत दुई अध्यक्षका बीचमा भएको छ । बैठकका एजेण्डाका बिषयमा छलफल गर्दै कोरोना भाइरसको संक्रमणका कारण छिटै सकिने बालुवाटार स्रोतले जनाएको छ ।

बिहिबारसम्ममा बैठकका एजेण्डा स्थायी कमिटी सदस्यहरुलाई पठाईसक्ने बताईएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल तथा महासचिव बिष्णु पौडेलले गत सोमबार छलफल गर्दै अनिश्चित बनेको बैठक बोलाउँने निर्णयमा पुगेका थिए । १० आसार देखी जारी स्थायी कमिटी बैठक १३ साउनदेखी अनिश्चित बनेको थियो । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेपछि बैठक अनिश्चित बनेको हो । तर यसै बीचमा महासचिव पौडेल नेतृत्वमा गठन भएको ‘समस्या समाधान सुझाव कार्यदल’ ले सहमतीको प्रस्ताव सहितको प्रतिवेदन बुझाएपछि बैठक बस्न लागेको छ ।

संम्बन्धित समचार

Leave a Reply