‘मैले जिते कोरोना,म गर्छु प्लाज्मादान’ अभियान सुरु

-दिपु वर्णवाल                                             

असोज ७,काठमाडौँ । । कोरोना संक्रमण भै निको भएका ब्यक्तिहरुको प्रयासमा ‘मैले जिते कोरोना,म गर्छु (प्लाज्मा)रक्तदान’ अभियान बुधबार त्रीबि शिक्षण अस्पताल महाराजगन्जबाट सुरु गरिएको छ ।

कोरोना संक्रमति भै मुक्त भएका अभियान्ताहरु सांसद यज्ञ बोगटी, युवा नेता नारायण घर्ती, अधिबक्ता राधिका खतिवडा लगायतका करिब २० जना प्लाज्मा दाताहरुको उपस्तिथि रहेको थियो । अभियानको शुभारम्भको अवसरमा आज अभियान्ता सिद्द प्रसाद ढुङ्गानाले O+ve प्लाज्मा दान गरे । ।

कार्यक्रममा अस्पतालका तर्फबाट प्रशासकिय प्रमुख माधब प्रसा घिमिरे, प्रबक्ता राम बिक्रम अधिकारी उपस्थित थिए ।

कार्यक्रममा बोल्दै सांसद यज्ञ बोगटीले कोरोनालाई त्रासको रुप बुझ्न नहुने तथा हेलचक्राई गर्न नहुने बरु उच्च साबधानीका साथ बस्न सके सजिलै जितिने बताएका थिए ।

अभियानका संयोजक प्रकश भुजेलले संक्रमण मुक्त ब्यक्तिले जटिल अबस्थामा रहेका संक्रमितहरुलाई उपचारका क्रममा प्लाज्मा थेरापिको लागि दाताको अभाब नबनोस भनेर सामाजिक चेतनामूलक क्रियाकलाप गर्न अभियान सुरुवात गरिएको बताए ।

भुजेलले आफु र आफ्नो परिवार संक्रमित हुदा भोग्नु परेको पीडा र सामाजिक बहिस्कार निकै दुखदः रहने बताउँदै त्यस्ता कार्य नगर्न आग्रह गरे ।

अभियानमा देशभरिका करिब ४० जना जोडिसकेका छन् । ‘तत्काल १६ जना दाताहरुले प्रतिबद्धता ब्यक्त गरेका छन्,हालसम्म अभियान अन्तरगत ४ जना दाताहरुले प्लाज्मा दान गरिसकेका छन्।’,संयोजक भुजेलले भने ।

संम्बन्धित समचार

Leave a Reply