दशै तिहारको सामान ल्याउन नाकामा चीनको अड्को

असोज ११,काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणका कारण चीनले गएको माघ १५ गतेदेखि नाका बन्द गरायो । नेपालमा पनि गएको चैत ११ गतेदेखि लकडाउन भयो । कोरोना महामारी र सङ्क्रमण जोखिमकै कारण व्यापार व्यवसाय समेत ठप्प भए । यसपालि तीजमा पनि चीनबाट ल्याउनुपर्ने सामग्री नेपाल आएनन् ।

चीनले रसुवागढी नाका गएको असार २२ गते दुई हप्ताका लागि खोलेको थियो । तर जोखिमकै कारण अत्यावश्यक स्वास्थ्य सामग्रीबाहेक अरु सामान ल्याउन नसक्दा नेपालका व्यापारीका धेरै सामग्री केरुङमै अलपत्र छन् । चीनले रसुवागढी नाकाबाट गएको बुधबारदेखि सामग्री आयात सुरु गरेको छ ।

तर कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सिधै सामग्री आउँदैन । चिनियाँ ट्रकले मितेरी पुलमा ल्याएर सामान झार्ने र त्यहाँबाट नेपाली कन्टेनरले ल्याउने गर्छन् । मितेरी पुलमा झारेको सामग्री नेपाली कन्टेनरले ल्याउनपर्ने भएकाले समस्या हुँदै आएको छ ।

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार अहिले दैनिक पाँच वटा चिनियाँ ट्रकले सामग्री ल्याउने छन् । यही परिमाणमा सामग्री आए दशैँ तिहारका लागि आयात गर्न लागिएका सामग्री पनि समयमै नआउने चिन्ता बढेको उहाँले बताउनुभयो ।

झण्डै १२/१५ सय ट्रक सामान चीनतर्फ अड्किएको व्यापारीले जानकारी गराएका पनि उहाँले बताउनुभयो । व्यवसायीले तीजका लागि अर्डर गरेका सामानदेखि दशैँ, तिहारका सामान पनि नाकामै अड्किएको छ ।

संम्बन्धित समचार

Leave a Reply