नेपालमा थप ५ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि,४० हजार ६ सय ८१ जना सक्रिय सङ्क्रमित !

कार्तिक ११, काठमाण्डौ । पछिल्लो २४ घण्टामा पाँच सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३ हजार १ सय ६८ जना कोरोना मुक्त भएका छन् ।

योसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ । अहिले नेपालमा ४० हजार ६ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । गएको २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण १४ जनाको ज्यान गएको छ ।

संम्बन्धित समचार

Leave a Reply