आज कुन प्रदेशमा कति कोरोना संक्रमित थपिए ?

कार्तिक १४, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ९६ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । यो कुल संक्रमितको ७६।७ प्रतिशत हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा सबैभन्दा बढी २ हजार २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै प्रदेश नं १ मा ५६८, प्रदेश नं २ मा १०९, गण्डकी प्रदेशमा २२४, लुम्बिनी प्रदेशमा २६५, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै नेपालमा थप १६ जनाको कोरोनाको कारण मृत्यु भएसँगै कुल मृतक संख्या ९२० पुगेको मन्त्रालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply