धादिङमा ६ संक्रमित थपिएसँगै संक्रमित संख्या १ हजार १ सय १ पुग्यो !

कार्तिक १४, धादिङ । धादिङमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितहरु धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ का २४ बर्षिया महिला, ३५ बर्षिय पुरुष रहेका छन् ।

यस्तै नीलकण्ठ नगरपालिका वडा नं १० का ४२ बर्षिय पुरुष,वडा नं १२ की ३५ बर्षिया महिला,ज्वालामुखी गाउँपालिका वडा नं २ की ३६ बर्षिया महिला र वडा नं ३ का ३५ बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिए । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार १ सय १ पुगेको स्वास्थ्य कार्यलय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिए ।

 

संम्बन्धित समचार

Leave a Comment