प्रचण्ड अस्थिर,भँडुवा,एकोहोरो भएको प्रधानमन्त्री ओलीको भनाई, भन्छन्-‘प्रचण्डको प्रस्ताव खारेज हुनुपर्छ’

मंसिर १४, काठमाडौं । शनिबारको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकपछि अब पार्टीको विवाद दुई अध्यक्षको सचिवालयमा प्रस्तुत भएको प्रतिवेदनमा केन्द्रित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ गते १९ पेजको प्रस्ताव पेश गरेपछि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पेजको जवाफी प्रस्ताव सचिवालयमा पेश गरेका हुन् । ओलीको प्रस्तावमा प्रचण्डले लगाएका हरेक आरोपको जवाफ मात्र दिइएको छैन प्रचण्ड अस्थिर भएको र सहमति पटक पटक तोडेको समेत आरोप लगाएका छन् ।

ओलीले प्रचण्डको ल्याएको प्रस्तावलाई सचिवालय बैठकबाट खारेज गर्न आग्रह गरेका छन् । पार्टी सचिवालयको शनिबारको बैठकमा प्रस्ताव पेश गर्दै अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् । पार्टीलाई पुनः भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काउन अध्यक्ष ओलीले आग्रह गरेका छन् ।

आफूलाई साथ दिए सबै नेताको जिम्मा आफू लिन तयार रहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले साथ नदिए नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले उल्ट्याउन नसक्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् । अध्यक्ष प्रचण्डले मंसिर ३ गते पेश गरेका आफ्नो प्रस्तावमा अध्यक्ष ओलीलाई संघीयता विरोधी र परिवर्तन विरोधी आरोप लगाएका थिए । अध्यक्ष ओलीले प्रस्तावमा भनेका छन्, ुमुलुकलाई सुदृढ गरेर समृद्धिको बाटोमा अगाडि बढेको मुलुक नयाँ जनप्रतिनिधिहरुलाई हस्तान्तरण गरेर विदा हुने मेरो इच्छा छ ।

प्रधानमन्त्री ओलीको जवाफलाई अर्का अध्यक्ष प्रचण्डले भने सचिवालय बैठकमा जवाफ दिदै प्रतिवेदनमा ओलीले दम्भ देखाएको बताएका छन् । प्रचण्डले ओलीले पार्टीका निर्णय नमानेकाले नै समस्या उत्पन्न भएको भन्दै अहिलेको प्रतिवेदनमा झुटको सहारा लिएको टिप्पणी गरेका थिए । केन्द्रीय कमिटीको बैठकको निर्णय ओलीले नमान्दा समस्या उत्पन्न भएको भन्दै प्रचण्डले सचिवालय बैठकमा ओलीको प्रतिवेदनको आलोचना गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply