नेपालमा थप २१ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १५२९ पुग्यो !

मंसिर १६, काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ ।

आज देशभर १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, २ हजार ७३ जना कोरोनामुक्त भएका छन् ।  नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ भने निको हुनेको संख्या २ लाख १६ हजार ५९४ रहेको छ । अहिले सक्रिय संक्रमितको संख्या १६ हजार ६६३ रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply