‘तिमी नै तिमी’ बोलको गीत सार्वजनिक

काठमाण्डौ ।  के माया लाग्छ र?’, ‘तीनपाते’ र ‘याक्थुङ्मा कान्छी’को सफलता पछि आर्टमाण्डुले ‘तिमी नै तिमी’ बोलको गीत सार्वजनिक गरेको छ।  रिकेशगुरुङ्गको शब्द, स्वर र संगीत रहेको उक्त गीत गत साता सार्वजनिक गरिएको हो।’तिमी नै तिमी’ आर्ट्माण्डुका विगतमा सार्वजनिक भएका गीत/ भिडियो भन्दा केही पृथक छ।पहिलेका गीत/ भिडियोहरुमा आर्ट्माण्डुले प्रयोग गर्नेगरेका ग्रामिण परिवेष, र गीत मार्फत कथा भन्ने प्रयोग यो गीतमा गरेको देखिदैन। बरु यस गीतमा शहरी परिवेशको प्रेम-भाव झल्काइएको छ, जसमाअञ्जना बरैली र दिपक घिमिरेको  अभिनय देख्न सकिन्छ।

गीतको बारेमा आफ्नो धारणा राख्दै गायक/ संगीतकार रिकेश गुरुङ्गले भने, “बजारमा चल्दै आएका अन्य प्रेम-व बोकेका गीत भन्दा ‘तिमी नै तिमी’ किन फरक छ भने यसमा मैले शास्त्रिय संगीतका केही पक्ष छुने जमर्को गरेको छु। मलाई आशा छ यो कोशेली दर्शक/ श्रोताहरुले पक्कै मनपराउनुहुनेछ। “त्यस्तै अञ्जना बरैली भन्छिन, मेरो विचारमा ‘तिमी नै तिमी’ मा गीत त भिडियो दुबैले एक अर्कालाई एकदमै साथ दिएका छन्। भिडियो हेर्दा जतिआनन्द आउने खालको छ, गीत उत्तिकै मोहक छ। “बरैली ज्वेलरी शपले निर्माण गरेको गीतको भिडियो रुपेश थापाको छायांकनमा नितिन चन्दले निर्देशन गरेका हुन्।

संम्बन्धित समचार

Leave a Reply