संसद विघटन : संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदै !

माघ ११,काठमाण्डौ । प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्दा सातौं दिन संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । अघिल्लो साताको आइतबारदेखि चलिरहेको सुनुवाइ हेर्दाहेर्दै रहेको छ । प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा रहेको मुद्दामा निवेदकहरुले बहस गरिरहेका छन् । सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरुद्धका १३ थान निवेदन रहेका छन् ।

ती निवेदनमा पक्षका कानुन व्यवासायीले संविधानले नदिएको अधिकार प्रयोग गरि विघटन गरेको दावी पेश गरिरहेका छन् । निवेदकका तर्फवाट बहस गर्ने वरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरुले संविधानले दिएको अधिका भन्दा बाहिर गएर प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको दावी पेश गरेका छन् । हालसम्म दुई दर्जनभन्दा धेरै कानुन व्यवसायीहरुले यो मुद्दामा बहस गरेका छन्। आइतबारदेखि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको निवेदनदेखि बहस हुँदैछ ।

संम्बन्धित समचार

Leave a Reply