पोखरामा पनि खोप अभियान सुरु, पहिलो खोप डा. बुद्धि बहादुर थापाले लगाए !

माघ १५, काठमाण्डौ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड१९ कोरोना भाइरस बिरुद्ध विश्व समुदाय जुधिरहेको बेला नेपाल सरकारको अगुवाइमा देशका सातै प्रदेशमा खोप कार्यक्रम शुभारम्भ भएको छ । यसै क्रममा गण्डकी प्रदेशको सदरमुकाम पोखरामा समेत एक समारोहकाबिच पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति स्वास्थ्य शिक्षाविद् सिनियर फिजिसियन डा. बुद्धी बहादुर थापाले पहिलो खोप लगाए ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख आतिथिको रुपमा गण्डकी प्रदेश का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थिति रहेको थियो । पोखरेली जनताको उपचार र स्वास्थ्य शिक्षाको उन्नयनमा आफूलाई समर्पित गरेका डाक्टर बुद्धिबहादुर थापा आफ्नो चिकित्सकीय सेवाबाट निवृत्त भएपछि पनि हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडि तहको पढाई संचालन गर्ने कार्यमा जुटिरहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply