नया ढंगले पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउनु पर्छ : उपप्रधानमन्त्री पोख्रेल

फागुन २४,काठमाडौँ । नेकपा एमालेका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएकाले समस्या भएको बताएका छन् ।

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टी एकता गर्दाको समयमा ढंग नपुगेका कारण समस्या आएको बताए ।

विचार, संगठन र नेतृत्व भन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले अहिले समस्या भएको उनको भनाइ थियो ।

सर्वोच्च अदालतको फैसला पछि एकिकृत पार्टीहरुको अवस्था २०७५ साल जेठ ३ गते आगाडिको अवस्थामा पुगेको भन्दै उनले अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताए ।

उनले भने, ‘हिजो २०७५ साल जेठ ३ गते पार्टी एकता गर्दा ढंग नपुर्‍याएकै हो । एकता गर्दा विचार, संगठन र नेतृत्वको कुरा पनि ख्याल गरिएन । पार्टी ठूलो बनाउने र चुनावमा बहुमत ल्याउने भन्ने कुरा मात्रै भयो । त्यसले गर्दा यो अप्ठ्यारो पर्‍यो ।’ अब सर्वोच्च अदालतको फैसलापछि नया ढंगले पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउनु पर्ने उनको भनाइ छ ।

 

संम्बन्धित समचार

Leave a Reply