सुन–चाँदीको भाउ बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? [बिस्तृत विवरणसहित]

चैत्र ५, काठमाडौं । तीन दिन स्थिर रहेको सुनको भाउ आज बढेको छ । बुधबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मुल्य तोलाको ८७ हजार २०० कायम गरेको छ । हिजो बुधबार तोलाको ८६ हजार ९०० मा स्थिर रहेको थियो ।

यस्तै तेजावी सुनको भाउ पनि बढेर ८६ हजार ७५० कायम भएको महासंघले जनाएको छ । यसैगरी, चाँदीको भाउ बिहीबार पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १२ सय ९० पुगेको महासंघले जनाएको छ ।

 

 

संम्बन्धित समचार

Leave a Reply