विराटनगर र आसपासका क्षेत्रमा आजदेखि निषेधाज्ञा

बैशाख १८, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार राति १२ बजेदेखि लागु हुनेगरी विराटनगर महानगरपालिका र आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जारी गरेको निषेधाज्ञा अनुसार जिल्लाका बढी प्रभावित विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका, कटहरी गाउँपालिकाका वडा नं १,२, ३, र ४ तथा भारत र सुनसरी जिल्लासँग जोडिएको सीमा क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ ।

आदेशमा निषेधाज्ञाका अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरु खरिद गर्न बाहेक घरबाट बाहिर ननिस्कन अपील गरिएको छ । खाद्यवस्तु, खाना पकाउने इन्धन, तरकारी, डेरी सम्बन्धी पसल र निर्माण सामग्रीका पसल बिहान १० बजेसम्म मात्र संचालन गर्न पाइनेछ । यस्तै, दैनिक गरिने पूजा प्रार्थनाबाहेक सबै धार्मिक सांस्कृतिक कार्य, मेला, चाडपर्व, हाटबजार, लगायत सामूहिक गतिविधि नगर्न निर्देशन छ ।

संम्बन्धित समचार

Leave a Reply