आजको शेयर बजार राताम्मे : कारोबार रकम पनि घट्यो ! आज सबैभन्दा धेरै कस्ले कमाए ?

जेठ १७, काठमाण्डौ । पछिल्लो समय लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से सोमवार घटेको छ । कारोबार भएका सबै कम्पनीको शेयर ओरालो लागेपछि नेप्से ४५ दशमलव २५ अङ्कले घटेर २७ सय ८२ दशमलव ६८ विन्दुमा झरेको छ ।

बैंकिङ समूहको शेयर आज १९ अङ्कले घटेको छ । यस्तै व्यापारको एक सय ६८ अङ्कले, विकास बैंकको ५७ अङ्कले, जलविद्युतको एक सय २९ अङ्कले, निर्जीवन बीमाको तीन सय ८० अङ्कले, जीवन बीमाको तीन सय ५६ अङ्कले र उत्पादन समूहको शेयर एक सय तीन अङ्कले घटेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आइतवार १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा सोमवार १३ अर्ब ९० करोड रुपैयाँ बराबरको तीन करोड आठ लाख कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै राधी जलविद्युत् कम्पनीको ९१ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो ।

संम्बन्धित समचार

Leave a Reply