‘माधव नेपालसँग प्रचण्डको भेट’

साउन १७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आइतवार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेको समयमा प्रचण्डले नेपालसँग भेटवार्ता गरेका हुन् ।

नेता नेपाललाई भेट्न प्रचण्ड नेपालको निवास कोटेश्वर पुगेका थिए । उनीहरूबीच आइतवार बिहान १० बजेपछि झण्डै एक घण्टा छलफल भएको थियो । प्रचण्डले सरकारमा सहभागिताका लागि नेता नेपालसँग आग्रह गरेका थिए । यसअघि प्रचण्डले माओवादी स्थायी कमिटीको बैठकमा नेता नेपाल पक्ष सरकारमा सहभागी हुने दाबी गरेका थिए । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला एमाले स्थायी कमिटीको बैठक आइतवार बस्दैछ ।

संम्बन्धित समचार

Leave a Reply