कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाल समुहको बैठकमा पाण्डे सहभागी

साउन २२, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा सुरेन्द्र पाण्डे सहभागी भएका छन् ।

पहिलो दिनको बैठकमा सहभागी नभएका उनी कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाल समुहको दोस्रो दिनको बैठकमा भने सहभागी भएका हुन् । पीएसओलाई कोरोना देखिएको र आफू कन्ट्याक्ट ट्रेसिङमा परेकाले बिहीबारको बैठकमा सहभागी हुन नपाएको पाण्डेले जानकारी गराएका थिए ।

आजको बैठकमा उनको सहभागितासँगै नेपाल पक्षलाई राहत मिलेको छ । यसैबीच आजको बैठकमा पनि नेता योगेश भट्टराई भने सहभागी भएका छैनन् ।

 

संम्बन्धित समचार

Leave a Reply