एनएमबि सरल बचत फण्ड-ईका लागि आवेदन खुला ! कति भर्न पाइन्छ ?

भाद्र १७,काठमाडौँ । एनएमबि सरल बचत फण्ड-ईका लागि आवेदन खुला भएको छ । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड ईको १० करोड इकाई बिहीबारदेखि निष्कासन खुला गरेको हो ।

यो चरणमा पुरै १० करोड भने निष्काशन हुनेछैन । एनएमबि क्यापिटलका अनाुसार पहिलो चरणमा ४० प्रतिशत अर्थात् ४ करोड इकाई निष्कासन हुनेछ । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ ।

बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला हुनेछ । उक्त इकाई बन्द हुने मिति छिटोमा भदौ २१ गते बैंकिङ समयसम्म रहेको छ । आवेदन दिन चाहानेहरुले मेरो शेयरबाट आईपीओ भरे जसरी नै आवेदन दिन सक्नेछन् ।

 

संम्बन्धित समचार

Leave a Reply