प्रतिनिधि सभाले मात्रै आफूलाई विघटन गर्नुपर्ने : सभामुख सापकोटा

असोज ३, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले मात्रै आफूलाई विघटन गर्नुपर्ने बताएका छन् ।

शनिबार नयाँ बानेश्वरमा विधायन व्यवस्थापन समितिद्वारा आयोजित ‘विधायिकी खुलापन–लोकतन्त्र मेला’ कार्यक्रममा सम्बोधन गर्दै उनँले त्यो लोकतान्त्रिक हुने बताए ।

कार्यक्रममा विभिन्न कार्यपत्र र त्यसमाथि आएका सुझावपछि बोल्दै सभामुख सापकोटाले भने, ‘विघटनको सम्बन्धमा सुझाव आएको छ । प्रतिनिधि सभाको विघटन प्रतिनिधि सभाले मात्रै गर्न सक्नुपर्छ । अथवा, प्रतिनिधि सभाले मात्रै गर्नुपर्छ । त्यो भयो भने सबैभन्दा लोकतान्त्रिक हुने छ । त्यो सबैभन्दा वैज्ञानिक र जनताको सार्वभौमिक अधिकारको सम्मान हुनेछ ।’

सभामुख सापकोटाले विधिवत् रुपमा प्रतिनिधि सभामा प्रस्ताव पेश गर्ने र राष्ट्रको आवश्यकता र जनताको चाहना नै विघटन रह्यो भने मात्रै विघटन गरिनुपर्ने व्यवस्था राखिनुपर्ने बताए ।

प्रस्तुत कार्यपत्रमाथि टिप्पणी राखेका नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले प्रतिनिधि सभाबाट प्रस्ताव पारित गरेर मात्रै विघटन हुनुपर्ने प्रस्ताव राखेका थियो ।

संम्बन्धित समचार

Leave a Reply