आज देशका केही ठाउँमा हल्कादेखि सामान्य पानी पर्ने सम्भावना

कात्तिक ७, काठमाण्डौ । काठमाण्डौ उपत्यका र आसपासको क्षेत्रको मौसम धुम्मिएको छ ।

काठमाण्डौको मौसम आज दिनभर नै पूर्ण रुपमा खुल्ने सम्भावना नभएको मौसमविद् गंगा नगरकोटीले बताइन् । उनका अनुसार उपत्यकामा आज थोरै समय मलिनो घाम लागे पनि धेरै समय बादल नै लाग्नेछ । यस्तै, आज देशका धेरैजसो ठाउँमा बादल लागेर मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि सामान्य पानी पर्ने सम्भावना छ ।

ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद् नगरकोटीले बताइन् । आज हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply