गरिमा विकास र सहारा विकास बैंक एक्विजिशनपछि एकिकृत कारोवार शुभारम्भ

कात्तिक २८,काठमाडौँ । काठमाण्डौँ महानगरपालिका वडा नंं. २ लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडमा सर्लाहीको मलंगवा वडा नं. ९ मा केन्द्रिय कार्यालय रहेको साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई गरिमा विकास बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुभारम्भ भएको छ ।

प्राप्ति पश्चात विकास बैंकको जारी तथा चुक्ता पूँजी तीन अर्व चौरानब्बे करोड एकासी लाख त्रियासी हजार एक सय पाँच रुपैँया आठ पैसा मात्र पुग्ने छ । प्राप्ति पश्चात विकास बैंकको केन्द्रिय कार्यालय काठमाण्डौँ महानगरपालिका वडा नं. २ लाजिम्पाटमा तथा एक्टेन्सन काउन्टर सहित १११ वटा शाखा कार्यालय हुनेछ ।

प्राप्ति प्रश्चात बैँकले शेयरधनी, सेवाग्राही, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरुको सन्तुष्टिमा गुणात्मक वृद्धि भई समाजमा बैँकिङ् क्षेत्र प्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास लिइएको छ ।

आज सर्लाहीको मलंगवामा आयोजित एकिकृत कारोवार शुभारम्भ समारोहको प्रदेश २ महिला वालवालिका एवं युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहले उद्धघाटनगरेका छन् । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले उपस्थित सम्पूर्णमा स्वागत गरेका थिए भने संचालक डा. आनन्द प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

साविक सहारा विकास बैँक लिमिटेडका अध्यक्ष सुगन्धकुमार गुप्ताले सम्पूर्ण शेयरधनी, कर्मचारी तथा सरोकारवाला लगायत सम्पूर्णको मद्दतले प्राप्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा सम्पूर्णमा धन्यबाद ज्ञापन व्यक्त गरेका थिए ।

 

संम्बन्धित समचार

Leave a Reply